विराटनगर महानगरमा काँग्रेसले मतान्तर बढायो, एमालेको ६० मत
प्रकाशित २०७४ असार १६ शुक्रबार
361
Shares
काठमाडौं । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसले मतान्तर बढाएको छ । राती जारी रहेकको मत गणनामा पहिलो २०० मत गन्दा नेपाली काँग्रेसका उम्मेदवारको एक सय एक मत आएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेको ६० मत मात्रै आएको छ । माओवादी केन्द्रसँग तालमेल गरेको संघीय समाजवादी फोरमको संयुक्त उम्मेदवारको जम्मा २ मत आएकोछ ।
त्यस्तै, उपप्रमुखमा पनि काँग्रेसले नै अग्रता कायम गरेको छ । उपप्रमुखमा काँग्रेसले ७४ मत ल्याउँदा एमालेसँग तालमेल गरेको फोरम लोकतान्त्रिकको ३६ मत मात्रै आएको छ । नेकपा माओवादी केन्द्रको भने ३० मत आएको छ ।