arrow

स्वर्गद्वारी नगरपालिकामा राष्ट्रिय जनमोर्चा निकै अगाडि 

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
swargadwari_nagarpalika_map1.png

काठमाडौं । प्यूठानको स्वर्गद्वारी नगरपालिकामा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले अग्रता हाँसिल गरेका छन् । बुधबार सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले ५ सय ५९ मतका साथ अग्रता हाँसिल गरेका हुन् ।  

१ नं वडाको मत गनिसक्दा उनको निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ४ सय २६ मत ल्याएका छन् । नेपाली काँग्रेसले भने जम्मा १ सय ९१ मत ल्याएको छ ।

त्यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अगाडि आएका छन् । माओवादीका उम्मेदवारको ६ सय २७ मत आएको छ भने एमालेको ४ सय २९ मत आएको छ । काँग्रेसको भने १ सय ९२ मत आएको छ । 

त्यस्तै, नगरपालिकाको वडा नं १ मा नेकपा माओवादी केन्द्रका मेघराज घर्ती क्षेत्री ६ सय २६ मतका साथ विजयी भएका छन् । सो वडामा सबै पद माओवादी केन्द्रले जितेको छ । यो नगरपालिकामा माओवादी केन्द्र र जनमोर्चाबीच गठबन्धन जोडिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ