arrow

कञ्चनपुर अपडेट : काँग्रेस र माओवादीको बिजयी सुरूवात 

logo
र्इश्वरदत्त बडू,
प्रकाशित २०७४ असार १५ बिहिबार
kanchanpur_district_map.png

कञ्चनपुर । स्थानीय तह दोस्रो चरणको निर्वाचनको  मतगणना जारी  रहेको  छ । कञ्चनपुरमा अहिले नेपाली काँग्रेस  र नेकपा माओवादी केन्द्रले विजययात्रा सुरू गरेका छन् । ९ स्थानीय तहका ९२ वडा मध्ये सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रले लालझाँडी गाउँपालिकाको ६ नम्बर वडामा विजयी शुरुवात गरेको हो ।नेकपा माओवादी केन्द्रका तर्फबाट लालझाँडी गाउँपालिका–६ का अध्यक्ष फुलाराम चौधरी सहित पुरै सदस्य प्यानल विजयी भएका छन् ।

महाकाली नगरपालिका–१ बाट नेपाली काँग्रेसले विजयी शुरुवात गरेको हो । काँग्रेस वडाध्यक्षका उम्मेदवार अर्जुन भट्टले थोरै मतान्तरले राप्रपाका विक्रम चन्दलाई हराउदै अध्यक्षमा विजयी भएका हुन् ।

महाकाली नगरपालिका निर्वाचन अधिकृत हरिकृष्ण श्रेष्ठले काँग्रेस उम्मेदवार भट्ट विजयी भएको बताए । उनका अनुसार भट्टले ४१३ र चन्दले ४०८ मत ल्याएका छन् । सदस्यहरुमा काँग्रेसकै उम्मेदवार हरिदत्त भट्ट, हिरा सुनार, पार्वती भट्ट र एमालेका गोबिन्द धानुक विजयी भएका छन् । कुल २ हजार २२६९ मतदाता मध्ये १हजार ६२६मत खसेका थिए । महाकालीमा पनि काँग्रेस एमालेबीच प्रतिस्पर्धा भएको छ ।

लालझाँडी गाँउपालिका मतदान अधिकृत हरिकृष्ण अवस्थीले माओवादी केन्द्रको प्यानल विजयी भएको बताए । उनका अनुसार माओवादी केन्द्रका वडाध्यक्ष चौधरीले सबैभन्दा बढि ३४१ मत ल्याई विजयी भएका छन् । चौधरीले आफ्ना प्रतिद्वन्दी एमालेका उम्मेदवार जितराम चौधरीको भन्दा २२ मत बढिले जितेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जितराम चौधरीले ३१९ मत ल्याएका थिए । सदस्यहरुमा प्रेमकलादेवी विक, सर्मिलादेवी चौधरी, मीन प्रसाद चौधरी र बच्चुलाल राना वियजी भएका छन् । कुल एक हजार ३२ मतदाता मध्ये ८ सय ६४ मत खसेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ