arrow

लिखुपिखे गाउँपालिकामामा माओवादीका बस्नेत निर्वाचित

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
likhupikhe_gaupalika_map.png

काठमाडौं । सोलुखुम्बुको लिखुपिखे गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार डम्बर बहादुर बस्नेत विजयी भएका छन् । बुधबार सम्पन्न स्थानी तहको निर्वाचनमा बस्नेतले ११ सय ३६ मत ल्याएर विजय हाँसिल गरेका हुन् । 

निकटतम प्रतिद्वन्द्धी कांग्रेसका रामबहादुर बस्नेतले ७ सय ६० मत प्राप्त गरे । गाउँपालिका उपप्रमुखमा पनि माओवादी केन्द्रकै उम्मेदवार शर्मिला बस्नेत विजयी भएकी छन् । उनले १ हजार ४२ मत प्राप्त गरी विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै मिना बस्नेतले ८ सय २८ मत प्राप्त गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ