मोरङमा एमालेको विजयी सुरुआत, मिक्लाजुङ १ मा समूह नै जित्यो
प्रकाशित २०७४ असार १५ बिहिबार
550
Shares
मोरङ । मोरङमा एमालेले विजयी सुरुआत गरेको छ । मिक्लाजुङ गाउँपालिका –१ को वडाध्यक्षमा एमालेका नरबहादुर राईसहित समूहनै विजयी भएको हो । यो वडामा खसेको एक हजार २४१ मध्ये ४२६ मत प्राप्त गरी राई विजयी भए ।
यस्तै सदस्यमा एमालेकै पविन राई, फर्समान तामाङ, सन्तमाया विक र लोहनरानी राई विजयी भएका छन् । मोरङ कान्छो महानगर भएको जिल्ला हो ।