arrow

डोटीको दिसिनपामा ७ सय मत गणना गर्दा १ सय ५५ मत बदर

अधिकांश मतपत्रमा औंठाछाप

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
dipayal-siladhi-doti.png

सिलगढी । डोटीको दिपायल सिलगढी नगरपालिमा ठूलो संख्यामा मत बदर भएको छ । दिपायल सिलगढी नगरपालिकामा ७ सय मत गन्दा १ सय ५५ मत बदर भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डोटी जिल्लाको सदरमुकाम समेत रहेको पूरानो नगरपालिकामा मतदाताले ठूलो संख्यामा मत बदर गरेका छन् । बदर हुने अधिकांस मतदाताले मत पत्रमा औंठा छाप लगाएका बताइएको छ । मूख्य निर्वाचन अधिकृत नरनारायण पौड्यालले औँठा छाप लगाएका मतपत्र बढी बदर भएको जानकारी दिए ।

दिपालय सिलगढी नगरपालिकामा नेपाली काँग्रेसको अग्रता भने कायमै रहेको छ । नेपाली काँग्रेसका उम्मेदवार बाजी सिंह खड्का विजयले अग्रता लिएका छन् । एमालेकी मेयर उम्मेदवार मञ्जु मलासीले खड्कालाई पछ्याइरहेकी छन् । सुरुमा एक ठाउँमा मात्रै मत गणना भइरहेकोमा पछि दुई ठाउँमा मत गणना थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ