पुर्चौडी नगरपालिकामा काँग्रेस भारी मतले अगाडि, वडामा प्यानलै विजयी
प्रकाशित २०७४ असार १५ बिहिबार
507
Shares
काठमाडौं । बैतडीको पुर्थाैडी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु भारती मतले अगाडि आएका छन् । वडा नं १ को ९ सय २२ मत गन्दा मेयरमा नेपाली काँग्रेसका उम्मेदवारले ४ सय ४९ मत ल्याएका छन् । उनको निकटतम प्रतिस्पर्धी माओवादीका उम्मेदवारले २ सय ८३ मत ल्याएका छन् । एमाले उम्मेदवारले एक सय ९ मत ल्याएको छ ।
त्यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारको ३ सय ८१ मत ल्याएको छ । दोस्रो भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार तीन सय ६४ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवारले जम्मा ६८ मत ल्याएका छन् ।
त्यस्तै, वडाध्यक्षमा काँग्रेसले प्यानलै विजय हाँसिल गरेको छ । वडा नं १ को ९२२ मत गन्दा काँग्रेसका गणेश बहादुर गलालले ४ सय २९ मत ल्याएर विजय हाँसिल गरेको छ । त्यस्तै, खुल्ला सदस्य तर्फ हिक्मत बहादुर जागडी र जगुवा भण्डारी, दलित महिलाा राधा लुहार र महिला सदस्य विन्देश्री जोशीले विजय हाँसिल गरेको निर्वाचन अधिकारी शम्भुकुमार बस्नेतले जानकारी दिए ।