arrow

झापामा मतगणना जारी, एमाले अगाडि 

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
Jhapa_District.png

सुरुङ्गा । झापामा रहेका १५ वटा स्थानीय तहमध्ये चार नगरपालिका र तीन गाउँ पालिकामा मतगणना गए रातिदेखि नै सुरु भएको छ । 

भद्रपुर, दमक, गौरादह र कनकाई नगरपालिकामा गए रातिदेखि नै मतगणना सुरु भएको हो । 

त्यस्तै, कमल, गौरिगन्ज गाउँपालिकामा पनि मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । पछिल्लो जानकारीअनुसार गणना भएकामा भद्रपुर नगरपालिका र कमल गाउँपालिकाको पहिलो मतपरिणाम बाहिर आएको छ । 

पछिल्लो परिणामअनुसार दुई तहमा एमालेले अग्रता लिएको छ । भद्रपुर नगरपालिकामा २०० मतगणना गरिसक्दा प्रमुखमा एमालेका जीवन प्रधानको ७२ मत, त्यस्तै माओवादी केन्द्रका शिवकुमार राजभण्डारीको ५५, नेपाली काँग्रेसका गणेश पोखरेलको २८ र राप्रपाका नवराज पनेरुले २१ मत प्राप्त गरेका छन् ।  

त्यस्तै, कमल गाउँपालिकाको २०८ मतगणना भइसक्दा एमालेका मेनुका काप्लेको ८९ मत, काँग्रेसका हुकुमसिंह राईको ५७ , माओवादी केन्द्रका बिमल सङ्ग्रौलाको ३७ र राप्रपाका विष्णु पौड्ेलले सात मत प्राप्त गरेका छन् ।  

दमक नगरपालिकाको पनि मतगणना आज बिहान ४ बजेदेखि सुरु भएको छ । 

झापाको हल्दिबारी गाउँपालिकामा बिहीबार बिहान १ बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए । 

अधिकृत कार्कीका अनुसार बिहीबार बिहान ६ः३० बजेसम्म ४०० मतगणना भएको छ । गणनाअनुसार नेपाली काँग्रेस ५४, नेकपा एमाले १३६, नेकपा माओवादी केन्द्र ३९ र राप्रपा नेपालले ३५ मत प्राप्त गरेका छन् भने पाँच मत बदर भएको छ । 

कुल १८ हजार ८९२ मतदाता रहेको यहाँ १३ हजार ९९६ मत खसेको निर्वाचन अधिकृत कार्कीले जानकारी दिनुभयो । 

यता, कचनकवल गाउँपालिकामा पनि राति १२ बजेदेखि मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत देवीबहादुर भण्डारीका अनुसार बिहान ८ बजेसम्म ४८० मत गणना भइसकेको छ । 

जिल्लाभर आठ नगरपालिका र सात गाउँपालिकामा पाँच लाख १० हजार ८१६ मतदाता रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ