arrow

सुनसरीमा मतगणना जारी, अग्रता मिश्रित

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
sunsari.png

इटहरी । सुनसरी जिल्लाको स्थानीय तह निर्वाचनको मत परिणाम घोषणाका लागि दुई गाउँपालिकामा बुधबार राति अबेरदेखि मत गन्ने कार्य प्रारम्भ गरिएको छ ।

६ गाउँपालिका, चार नगरपालिका र दुई उपमहानगरपािलका रहेको यस जिल्लाको बर्जु र भोक्राहा गाउँपालिकामा मतगणना प्रारम्भ भएको हो । 

बर्जु गाउँपालिकाका निर्वाचन अधिकृत नवराज आचार्यका अनुसार पछिल्लो मतगणना परिणामअनुसार कुल खसेको मतमध्ये ३०० मतगणना हुँदा माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र मेहताले ८८ मत उपप्रमुख सुमित्रादेवी गुरुङले ८९ मत प्राप्त गरेका छन् ।  

त्यसैगरी, नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार फनिलाल चौधरीले ६८ मत उपाध्यक्ष सोमकुमारी गुरुङ रायले पनि ६८ मत नै प्राप्त गरेका छन् ।  

त्यस्तै, फोरम लोकतान्त्रिकका अध्यक्ष पदका उम्मेदवार रघुनन्दन चौधरीले ४५ मत उपाध्यक्षकी सङ्गीताकुमारी रायले ४९ मत ल्याएकी छिन् । 

नेपाली काँग्रेसका अध्यक्षका उम्मेवार इस्राइल अन्सारीले १९ र उपाध्यक्ष खसारी थरुनीले २० मत ल्याएको प्रारम्भिक मत परिणाम सार्वजनिक गरिएको छ । 

त्यसैगरी, भोक्राहा गाउँपालिकामा पनि मतगणना सुरु गरी २०० मत गणना गरिसकिएको भए पनि त्यसको परिणाम सार्वजनिक गरिएको छैन । 

अन्य स्थानीय तहको मतगणना कार्य आज बिहान ९ देखि १० बजेबाट गणना हुने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

यो निर्वाचनमा सबैभन्दा बढी देवानगन्ज गाउँपालिकामा ८० प्रतिशत मत खसेको छ । सुनसरीमा ७४ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको तथा त्यसमा एक–दुई प्रतिशत तलमाथि हुन सक्ने पनि जिल्ला निर्वाचन कार्यालयले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ