विराटनगर । मोरङका दुईवटा स्थानीय तहमा मतगणना जारी र अन्य तहमा मतगणनाको तयारी भइरहेको छ । उर्लाबारी नगरपालिका र कटहरीमा मतगणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।
कटहरीमा बिहान ६ः४५ बजेसम्ममा १०० मतपत्र गिन्ती भइसकेको छ । उर्लाबारीमा मतपत्र गिन्तीको सङ्ख्याको सम्बन्धमा जानकारी प्राप्त नभएको सो कार्यालयका सूचना अधिकृत भक्तबहादुर भट्टराईले जानकारी गराए ।
यसैबीच, विराटनगर महानगरपालिकामा आज बिहान सर्वदलीय बैठकपछि मात्र मतगणना सुरु हुने बताइएको छ । मोरङका अन्य स्थानीय तहमा मतगणनाको तयारी भइरहेको बताइएको छ ।