काठमाडौं । कपिलबस्तुको तिलौराकोटमा नेपाली काँग्रेसका कार्यकर्ताहरुबीच नै झडप भएको छ । झडपमा परी ४ जना घाईते भएको प्रहरीले जनाएको छ ।
कपिलबस्तु नगरपालिकाका मेयर र स्थानीय वडाध्यक्षबीच मतदानको विषयमा विवाद हुँदा झडपको स्थिती सिर्जना भएको हो । नगरपालिकाको मेयरका उम्मेदवारले वडाध्यक्षका उम्मेदवारलाई आफ्नोलागि मात्रै मत मागेको आरोप लगाएपछि स्थिती तनावग्रस्त बनेको थियो । अहिले त्यहाँको स्थिती सामान्य रहेको छ ।
वडाध्यक्षका उम्मेदवारले मेयरका उम्मेदवारलाई कोठामा थुनेर राखेको जानकारी आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।