arrow

सङ्कटमा निजी क्षेत्रले सघाएनन् – परराष्ट्रमन्त्री थापा

logo
प्रकाशित २०७२ पुष २१ मंगलबार
Kamal-Thapa.jpg.jpeg
काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले देशलाई सङ्कट परेका समयमा निजी क्षेत्रले सरकारलाई सहयोग नगरेको गुनासो गरेका छन् । नेपाल चेम्बर अफ कमर्सले मंगलबार यहाँ आयोजना गरेको ‘द्विपक्षीय आर्थिक सम्बन्ध सहजीकरणका लागि आर्थिक कूटनीतिक भूमिका’ विषयक अन्तरक्रियामा उनले अप्ठ्यारो परेको समयमा सरकारलाई शिथिलता बनाएको बताए । “विसं २०४५ सालको नाकाबन्दीमा निजी क्षेत्रबाट सहयोग भए पनि अहिले सरकारलाई उद्योगले सहयोग गरेनन्, सरकारलाई शिथिल तुल्याउने ढङ्गबाट साँचो बुझाइदिन्छु भने” उनले भने । जनताले भने अप्ठ्यारो परेको अवस्थामा सरकारलाई सहयोग गरेको उनले बताए । 

सरकारले चीन र भारतसँगको सम्बन्धलाई नयाँ तरिकाले अगाडि बढाएको उल्लेख गर्दै मन्त्री थापाले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई युगान्त तरिकाले अगाडि बढाएको बताए । उनले भने, “पारवाहनको अधिकार भारतसँग माग्नु भारतवेष्ठित मानसिकता हो, यो गलत छ, अब चीनसँग पनि पारवहन सन्धि गर्नुपर्छ ।” 

सरकारले पूरानो मानसिकतालाई परिवर्तन गरेर चीनसँग पनि पारवहन सन्धि गरेर अगाडि बढ्ने तयारी गरेको स्पष्ट पार्दै मन्त्री थापाले अनुभूती हुनेगरी आर्थिक कूटनीतिलाई संरचनात्मक एवम् नीतिगतरुपमा सुधार गर्ने बताए । रक्सोल नाका बन्द भएको बाहना देखाएर आपूर्ति समस्या देखाउनु गलत भएको बताउँदै उनले अरुलाई दोष दिएर जिम्मेवारीबाट बाहिर रहनेभन्दा पनि व्यावसायीले आफ्ना कमजोरीलाई सुधार गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापारलाई विविधिकरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै व्यापारिक क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न सरकारले उचित पहल गर्नुपर्ने बताए । चेम्बरका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, ग्यास व्यवसायी सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरे र ग्रील व्यावसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले इन्धनको आपूर्ति नहुँदा र चर्को ऊर्जा सङ्कटका कारण व्यवसायी मारमा परेको भन्दै सरकारले सुधारका लागि उचित पहल गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ