arrow

झापामा ३ वटामा बुधबार, बाँकीमा बिहीबार मतगणना हुने

logo
प्रकाशित २०७४ असार १४ बुधबार
Jhapa_District.png

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको चुनावमा झापाका ८ वडा मध्ये ३ वटा नगरपालिकाको मात्र बुधबार मतगणना सुरु हुने भएको छ।

कूल १५ स्थानीय तह रहेको झापामा सदरमुकाम भद्रपुर सहित दमक र गौरादह नगरपालिकाको मतगणना सुचारु गर्ने तयारी भएको मतदान अधिकृतहरुले जनाएका छन्। बाँकी नगरपालिकामा भने बिहिबार मात्र मतगणना गरिने भएको छ।

मतगणनाको तयारीमा रहेका नगरपालिकाहरुमा सर्वदलीय बैठक बसेर जति सक्दो चाँडो मतगणना गरिने मतदान अधिकृतहरुको भनाई छ। सदरमुकमा भद्रपुर नगरपालिकाका ५८ वटा मतदान केन्द्रमा करिव ७० प्रतिसत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए।

त्यस्तै दमक नगरपालिकाका ४९ मतदान केन्द्र ७० प्रतिसत मतदान भएको छ। ४६ वटा मतदान केन्द्र रहेको गौरादह नगरपालिकामा ७२ प्रतिशत मत खसेको छ। उता मेची नगरपालिका, अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाको मतगणना भने भोलिमात्र मतगणना हुने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ