arrow

२ मत खसेको गाउँपालिकामा पनि आज मतगणना नहुने 

logo
प्रकाशित २०७४ असार १४ बुधबार
no-vote_8xtaqqmFgT.jpg

काठमाडौं । जम्मा २ मत खसेर दिनभरी चर्चामा रहेको नवलपरासीको सरावल गाउँपालिकामा चुनाव बुधबार हुने सम्भावना न्यून देखिएको छ । राती ७ बजेसम्म कूल २७ वटा मतदान स्थलमध्ये १६ मतदान केन्द्रको मात्रै मत पेटिका केन्द्रमा आईपुगेको छ । बाँकी मतपेटिका पनि केन्द्रमा ल्याएपछि राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएर त्यसैको निर्णयको आधारमा कहिलेदेखि मत गणना सुरु गर्ने भन्नेबारे निर्णय गरिने निर्वाचन अधिकारी टिकाराम ज्ञवालीले जानकारी दिए । 

ज्ञवालीले सकेसम्म आजैदेखि मत गणना सुरु गरिने भएपनि सबै काम सक्दा बिहीबारदेखि मतगणना सुरुहुने सम्भावना रहेको बताए । गाउँपालिकाको वडा नम्बर ६ स्थित जनतामाविको मतदान केन्द्रमा जम्मा दुई मत मात्रै खसेको थियो । त्यहाँ सीमा विवादका कारण कोही मतदाता पनि मतदान गर्न नआएको भएपनि दुई जना पार्टीका एजेण्टहरुले मतदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ