arrow

बुटवलमा आजैदेखि, तुल्सीपुर र नेपालगञ्जमा भोलि मतगणना

logo
प्रकाशित २०७४ असार १४ बुधबार
vote-counting-ktm.JPG

काठमाडौं । स्थानीय तहको दोस्रो निर्वाचनको मतगणना कार्य बुटवल उपमहानगरपालिकामा भने बुधबारदेखि नै मतगणना सुरु हुने भएको छ । उपमहानगरपालिकामा मतदान केन्द्रबाट कूल ७० प्रतिशत मत खसेको निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ । निर्वाचन अधिकारी भरतमणि पाण्डेले दिएको जानकारी अनुसार बुटवलमा राती १२ बजेदेखि मतगणना गर्ने तयारी भईरहेको छ । 

त्यस्तै, तुल्सीपुरमा ८८ वटा मतदान केन्द्र रहेकोमा त्यसमध्येबाट ७० प्रतिशत मत खसेको छ । त्यहाँ बिहीबारदेखि मतगणना सुरु गरिने निर्वाचन अधिकारी गणेशप्रसाद आचार्यले जानकारी दिए ।  नेपालगञ्जमा रहेको कूल ७३ मतदान केन्द्रमा कूल ७३ प्रतिशत मत खसेको निर्वाचन अधिकारी तेज नारायण पौडेलले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ