२७ वर्षमै पति गुमाएकी उर्मिलाले किरिया बसेकै अवस्थामा गरिन् मतदान
प्रकाशित २०७४ असार १४ बुधबार
465
Shares
अछाम । स्थानीय तहको निर्वाचनलार्इ सबै तह र तप्काका व्यक्तित्वहरुले महत्व दिर्इरहेको बेलामा पतिको किरिया कर्म गरिरहेकी महिलाले किरिया स्थल छाडेर मतदान गर्न गएपछि स्थानीय तहको महत्व झनै चुलिएको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा बुधबार अछाममा २७ वर्षमै पति गुमाएकी उर्मिला तिमिल्सिनाले मतदान गरेकी हुन्न्।
विनायक पन्चदेवल १ कुइका गुरुथापेकी तिमिल्सिनाले किरियामा बसेकै अवस्थामा मतदान गरेकी हुन् । बुधबार भइरहेको प्रदेश १ ५ र ७ का कुल ३३४ स्थानीय तहको चुनावमा मतदाताको उल्लेख्य उपस्थिती रहिरहेको बेलामा यस्तो घटनाले झनै चुनावको महत्व बढार्इदिएको छ । मतदाताहरुले असारको झरीमा समेत झाता ओडेर मतदान स्थलसम्म मतदाता पुगेर मतदान गरिरहेका छन् ।