सभामुख घर्ती, परराष्ट्र मन्त्री महरा र पूर्व मन्त्री पुनले गरे मतदान
प्रकाशित २०७४ असार १४ बुधबार
388
Shares
रोल्पा । सभामुख ओनसरी घर्ती मगरले पनि बुधबार बिहानै मतदान गरेकी छिन् । घर्ती मगरले रोल्पा नगरपालिका वडा नम्बर ७ को बालउदय मावि जंकोटबाट मतदान गरेकी हुन् ।
सोही केन्द्रबाट सभामुख घर्तीका श्रीमान् पूर्व मन्त्री एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि मतदान गरेका छन् ।
ओनसरीले महिलातर्फको र वर्षमानले पुरुषतर्फको लाइनबाट एकैपटक मतदान गरेका थिए ।
यसैगरी उपप्रधान तथा परराष्ट्रमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले रोल्पा नगरपालिका १ बिबामरुकस्थित मतदान केन्द्रमा रहेको मतदान केन्द्रमा गएर पहिलो मतदान गरेका हुन् ।