मध्यरातमा एमालेका केन्द्रीय सदस्य राईको यस्तो हर्कत (भिडियोसहित)
प्रकाशित २०७४ असार १३ मंगलबार
726
Shares
भोजपुर। भोलि बुधबार तीनवटा प्रदेशमा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ। प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा हुने स्थानीय तह निर्वाचनको आइतबार मध्यराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । यसअवधिमा चुनाव प्रचार प्रसार लगायतका कुनै पनि मतदातालाई आकर्षित पार्ने खालका गतिविधि गर्न पाइँदैन।
तर, भोजपुरलगायत विभिन्न जिल्लामा विभिन्न राजनीतिक दलका नेताहरुले आचारसंहिता उल्लंघन गरेका घटना बाहिर आइरहेको छ।
यसैक्रममा भोजपुरका षडानन्द नगरपालिका–१० स्थित देउरालीमा सोमबार राति चुनाव प्रचार प्रसार गरि मतदातालाई आकर्षित गर्दै आचारसंहिता उल्लंघन गरिरहेका बेला एमालेका केन्द्रीय सदस्य राजेन्द्र राई घेराउमा परेका छन्। उनलाई निर्वाचन कानुन र आचारसंहिता एमालेलाई नलाग्ने हो भन्दै स्थानिय यूवाले ऱ्याखऱयाखती पारेका थिए।