धनगढी उपमहानगरपालिकामा बम विष्फोट, एक जनाको मृत्यु
प्रकाशित २०७४ असार १३ मंगलबार
656
Shares
धनगढी । धनगढी उपमहानगरपालिका–४ को खानेपानी कार्यालय जाने सडकमा बम विष्फोट गराउने क्रममा विप्लव नेतृत्वको नेकपाका एकजना कार्यकर्ताको मृत्यु भएको छ ।
सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम पड्किँदा धनगढी उपमहानगरपालिका–१२ जुगेडा घर भएका ‘सनराइज‘ भनेर चिनिने २९ वर्षीय चन्द्रबहादुर सिंहको मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।
घटनालगत्तै उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याइएका सिंहको राति करिब ११ बजेतिर मृत्यु भएको थियो ।
बम विष्फोटन स्थलदेखि झन्डै ३०० मिटरको दूरीमा सेती अञ्चल प्रहरी कार्यालय रहेको छ । रासस