arrow

सूचना विभागको पासले समाचार सङ्कलन गर्न सकिने

logo
प्रकाशित २०७४ असार १३ मंगलबार
election-local-2017.jpg

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सूचना विभागबाट प्राप्त परिचयपत्रका आधारमा सञ्चारकर्मीलाई निर्वाचनको समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरेको छ । 

यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा मतदान र मतगणनाको समाचार सङ्कलनका लागि आयोगले विशेष पासको व्यवस्था नगरी सञ्चारकर्मीको परिचयपत्रका आधारमा समाचार सङ्कलन गर्न सकिने व्यवस्था गरेको आयोगले जनाएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रदेश नं १, ५ र ७ मा हुँदैछ । 

निर्वाचनको मतदान र मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्र सम्बन्धित केन्द्रको समाचार सङ्कलन, छायाङ्कन र तस्बिर लिन सकिने व्यवस्थासमेत गरिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ