arrow

तीन दिनका लागि सीमा नाका बन्द

logo
प्रकाशित २०७४ असार १२ सोमबार
election-local-2017.jpg

विराटनगर । नेपाल–भारतको सीमा नाका सोमबार बिहानदेखि तीन दिनका लागि बन्द गरिएको छ । 

असार १४ गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी भारतको सुपौंलमा नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीबीच छलफल गरी तीन दिनका लागि सीमा नाका बन्द गरिएको र असार १५ गतेदेखि पूर्ववत् रुपमा सीमा नाका सुचारु हुने प्रजिअ यज्ञराज कोइरालाले जानकारी दिए । 

शान्ति सुरक्षालाई मध्य नजर गरी आपराधिक घटना हुन नदिने उद्देश्यले दुवैतर्फ सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा व्यवस्थासमेत मिलाउने सहमति भएको प्रजिअ कोइरालाले उल्लेख गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ