arrow

'मुखलाई होइन, रुखलाई हेरेर भोट दिनुहोला' 

logo
प्रकाशित २०७४ असार ११ आइतबार
bardaghat__progrem.jpg

बर्दघाट(नवलपरासी) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले मुखलाई हेरेर भन्दा पनि रुखलाई हेरेर भोट दिन मतदातासँग आग्रह गरेका छन् ।  बर्दघाट नगरपालिका वार्ड नं १४ मा भएको पार्टी प्रवेश तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्व गृह राज्यमन्त्री समेत रहेका कँडेलले बर्दघाट नगरपालिकामा मात्र नभई नवलपरासीका ७ वटै स्थानीय तहमा नेपाली काँगेसको जीत सुनिश्चित रहेको बताए । 

विभिन्न राजनीतिक दलसँग आवद्ध र स्वतन्त्र सयाँै कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेता कँडेलले बर्दघाट नगरवासीको हितका लागी हिजोदेखि आजसम्म निरन्तर लागिपरेको पार्टी नेपाली काँग्रेसलाई स्थानीय तहको विकास र जनताको आर्थिक समृद्धिको अगुवाई गर्ने अवसर प्रदान गर्न आग्रह गरेका थिए । 

नगरको शिक्षा र स्वास्थ्यको बन्दोवस्त गर्न सक्ने र रोजगारीको सिर्जना गर्दै बर्दघाट नगरको आर्थिक विकास गर्न सक्ने व्यक्तित्वलाई नेपाली काँगे्रसले टिकट दिएको दावी गर्दै कँडेलले बर्दघाट नगरपालिकाको समग्र विकासका लागी विश्वप्रेम पाठकको विकल्प अहिले नदेखिएको बताए । 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रन्जित कर्णले संविधान निर्माण गरी राजनीतिक दायित्व पूरा गरेको काँग्रेसलाई आर्थिक समृद्धि र विकासको नेतृत्व दिनका लागि समस्त काँग्रेसजन एक ढिक्का भएर आफ्ना उम्मेद्वारलाई विजयी बनाउन कटिबद्ध हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा पूर्व केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला सभापति विष्ण लामिछाने, क्षेत्र नं. ५ का सांसद विक्रम खनाल, बर्दघाट नगरपलिकाका मेयरका उम्मेददार विश्वप्रेम पाठक, उपमेयर रमीता चौधरी, जिल्ला सचिव बालकृष्ण घिमिरे, बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ, बर्दघाट वडा नम्बर १४, १५ र १६ का वार्ड अध्यक्षका उम्मेदर दामोदर जी.सी., बल बहादुर बलाल, सुके बहादुर गुरुङ्ग लगायत वडा सदस्यका उम्मेदवारहरु  महाधिवेशन प्रतिनिधि , लगायत पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ