जसले जे सुकै गरुन्, एमालेलार्इ हराउन सक्दैनन् :महासचिव पोखरेल
प्रकाशित २०७४ असार ११ आइतबार
682
Shares
भोजपुर। नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् । नेकपा एमाले, भोजपुर नगर कमिटीले शनिबार अपराह्न आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा पहिलो चरणको भन्दा अझ बढीमत ल्याएर विजयी हुने दाबी गरे।
महासचिव पोखरेलले भोजपुरको समग्र विकासका लागि योजना बनाएर एमाले अघि बढ्ने बताए। सभामा एमालेका पोलिटब्युरो सदस्य शेरधन राई, भोजपुर नगर प्रमुख पदका उम्मेदवार गणेश श्रेष्ठ र उपप्रमुख पदकी उम्मेदवार ममिता राईले आफ्ना प्रतिबद्धता राखेका थिए । रासस