arrow

उम्मेदवार तर्साउन घर परिसरमै बम विस्फोट

logo
प्रकाशित २०७४ असार ९ शुक्रबार
kailali-district.png

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा नेकपा माओवादी केन्द्रका प्रमुख पदका प्रत्याशी गोकर्ण भट्टको निवासमा बिहीबार राति अज्ञात समूहले बम विस्फोट गराएको छ । 

अत्तरिया बजारमा रहेको भट्टको घर परिसरमा राति पौने ३ बजेको समयमा भएको विस्फोटबाट उनको घरका झ्यालका सिसा फुटेको र ढोकामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।

विस्फोटन गराउने समूहको खोजी भइरहेको बुढाले बताए । भट्ट नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता एवम् ७ नं प्रदेश प्रमुख लेखराज भट्टका भाइ हुन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ