गगन थापाको चुनावी यात्राः पूर्व सकेर सुदूरपश्चिममा
प्रकाशित २०७४ असार ९ शुक्रबार
462
Shares
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एवं निवर्तमान स्वास्थ्य मन्त्री गगन थापा पूर्वको चुनाव सकेर सुदूरपश्चिम लागेका छन् ।
उनले सुदूरपश्चिमाञ्चलको दार्चुलामा चुनावी सभालाई संवोधन गर्ने कार्यक्रम रहेको छ । थापाले दार्चुलाका विभिन्न ठाउँमा संवोधनसहित पार्टीको रणनीति बुझाउने छन् ।
पार्टीको चुनाव परिचालन समितिले सबैलाई १–१ जिल्लामा पठाउने निर्णय गरे अनुसार थापा दार्चुला गएका हुन् ।
यसअघि थापाले पूर्व मेचीका ताप्लेजुङ, पाँचथर, इलाम र झापा जिल्लाको चुनावी सभालाई संवोधन गरेका थिए ।