arrow

ऊर्जा सङ्कटकाल घोषणा हुन्छःऊर्जामन्त्री

logo
प्रकाशित २०७२ पुष २० सोमबार
काठमाडौं । उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रबाट उठाइएका विषय र भावनालाई पूर्ण रुपमा कार्यान्वयन गरिने प्रतिबद्धता रहेको बताए । 
 
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान) र नीति फाउन्डेसनले आयोजना गरेको ‘ऊर्जा सङ्कटकालमा समेटिनुपर्ने विषय’ विषयको छलफल कार्यक्रममा उर्जा मन्त्रीले भने -ऊर्जा क्षेत्रमा राम्रा राम्रा योजना बन्ने तर कार्यान्वयन नहुने प्रवृत्ति हावी छ भन्दै सरकार वस्तुनिष्ठ तवरले समस्या समाधान गर्न लागिपर्ने र सबैलाई मिलाएर लैजाने बताए ।
 
ऊर्जामन्त्री रायमाझीले नीति, योजना, कार्यक्रमका आधारमा नै ऊर्जा सङ्कटकाल लगाइने जानकारी दिए । सकेसम्म राष्ट्रिय सहमति जुटाएर विशेषज्ञसहितको सुझावका आधारमा सङ्कट घोषणा गरिने बताए ।
 
एक वर्षभित्र सम्पन्न हुने आयोजना तत्काल अगाडि बढाउने, विवादमा रहेका आयोजनाको समस्याको समाधान गर्ने, भूकम्प प्रभावित आयोजनाका समस्या समाधान गर्ने र इन्धन समस्याका कारण प्रभावित परियोजनालाई सहज बनाउने चरणमा सरकार रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ