झापा । झापामा विवेकशील नेपाली दलका उम्मेदवारहरुलाई साझा पार्टीले समर्थन जनाएको छ । राजनीतिक दृष्टिकोण, मूल्य र मान्यताका हिसाबले आफूलाई साझा पार्टीसँग निकट मान्ने विवेकशील नेपाली दलले आगामी असार १४ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनको सिलसिलामा केही स्थानहरुमा आफ्ना उमेदवारहरु घोषणा गरेको हो।
विवेकशील नेपाली दलद्वारा घोषित झापाको दमक नगरपालिको मेयर, केराबारी गाउँपालिका(९ को वडाअध्यक्ष लगायत विभिन्न स्थानीय तहका उम्मेदवारहरुलाई साझा पार्टीको समर्थन र सहयोग रहने छ।
विवेकशील दलका उम्मेदवारहरुलाई मतदान गर्न सम्पूर्ण पार्टी सदस्य, शुभेच्छुक तथा सम्बन्धित क्षेत्रका मतदाताहरुमा साझा पार्टी हार्दिक अनुरोध गर्दछ।