arrow

डोटीमा काँग्रेसको विशाल आमसभा, उर्लियो जनसागर

logo
प्रकाशित २०७४ असार ७ बुधबार
doti_news.jpg

डोटी । शिखर नगरपालिकामा काँग्रेसले विशाल आमसभा गरेको छ । दोस्रो चरणको चुनाव प्रचारप्रसारका क्रममा जिल्ला कार्यसमिति डोटीले केन्द्रीय सदस्य वीरबहादुर बलायर, सांसद भरतबहादुर खड्का, कल्पना सोव र नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरलाई आमसभामा सहभागि गराएको छ ।

सभालाई सम्बोधन गर्दै केन्द्रीय नेता तथा सांसदहरुले डोटी जिल्लाका सबै स्थानीय तहमा काँग्रेसको अत्यधिक मतले विजयी हुने जिकिर गरे ।

नेताहरुले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको भन्दै काँग्रेसकै नेतृत्वमा कार्यान्वयन हुने जिकिर समेत गरे । उनीहरुले प्रदेश ७ को समग्र विकासका लागि काँग्रेस पूर्ण रुपमा सचेत रहेको र आफुहरुको सम्पूर्ण ध्यान यतै केन्द्रीत भएको समेत बताए ।

काँग्रेस विधि र पद्धतिमा विश्वास गर्ने भन्दै हावादारी आश्वासन नबाँडेको समेत नेताहरुले बताएका छन् । आमसभामा जनसागर उर्लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ