काठमाडौं। सामाजीक क्षेत्रमा सक्रिय युवा भन्दै वित्तिकै कैलाली निर्वाचन क्षत्र नम्बर–२ मा विष्णु ढकालको नाम अगाडी आउन्छ । युवा अवस्थादेखि नै राजनीतिमा आवद्ध भई त्यस क्षेत्र विकासका लागि लागि पर्ने ढकाल अहिले नेपाली काँग्रेस पार्टीको तर्फवाट लम्कीचुहा नगरपालिका वडा नम्बर–२ को अध्यक्षका उम्मेदवार भएका छन् । ढकालको उम्मेदवारीसँगै क्षेत्रका जनतामा आशा र विश्वास पलाएको छ ।
३६ वर्षीय ढकाल दुई दशक देखि पार्टीको सक्रिय राजनीतिमा हुनुहुन्छ । लम्की क्षेत्रलाई कर्मथलोको रुपमा वनाउनु भएका ढकालले वि.सं. २०५४ सालमा जनजागृती उच्च माध्यामिक विद्यालयमा नेवि संघको ईकाइ सचिव भई आफ्नो राजनीति यात्रालाई अगाढी बढाएका थिए। पार्टी र भातृसंस्थामा विभिन्न तहमा रहेर काम गरेका ढकालले पार्टी एकिकरण पश्चात तरुण दल जिल्ला सचिव र पार्टीको गाउँ कार्य समितिको सचिवको भूमिकामा रहेका थिए।
स्थानिय क्षेत्र र पार्टीमा उहाँको मूल्याङ्कन गर्दै पार्टीको वाह्रौ महाधिवेशनमा ढकाल वि.सं. २०६५ सालमा बलिया गाउँ कार्य समितिको सभापति भए। राजनिति सक्रियता संगसगै उहाँले समाजीक क्षेत्रमा त्यतीकै योगदान पुर्याएका उनले स्थानीयस्तरमा यूवाक्लवको गठन गरी खेलकुदका साथ सामाजीक क्षेत्रमा भूमिका खेलेका छन्। सामाजिक क्षेत्रमा सक्रियतापूर्वक खेलेको भूमिकाबाट नै त्यस क्षेत्रका जनतामा आशा पलाएको स्थानियहरु बताउँछन्।
स्थानीय निकायबाट हुने विकास निर्माणका काममा पार्टीको प्रतिनिधि भएर उनले आफ्नो पार्टी र आफ्नो ठाउँबाट राजनीति भन्दा माथि उठी काम गरेको चर्चा त्यस क्षेत्रका जनताले गरेका छन् । यही लोकप्रियतका कारण स्थानिय निकायको निर्वाचनमा अत्यधिक बहुमतले विजयी हुने उनको दावी छ । आफ्नो पार्टीबाट नभई अन्य पार्टीका कार्यकर्ताले आफुलाई रुचाएकाले आफ्नो जितमा दुइ मत नरहेको उनले ठोकुवा गरे।
रोरा खोलाले पुर्याएको क्षेत्रलाई न्यूनीकरण गर्न वृहत तटवन्धको व्यवस्था गर्ने, कृषि सम्बन्धी विउवीज जनतालाइ उपलव्ध गराई जनतालाई कृषिमा आत्मनिर्भर वनाउने, सिँचाइ व्यवस्थाका लागि पहल गर्ने, वघिनिय मेहनति सामुदायिक बनमा वृहत वाल उद्यानको कामलाई पूर्णता दिने, मापदण्ड पुरा भएका सडकहमा ग्रावेल, ढल निकास र कालोपत्रेसम्मको काम गर्ने, छाडा पशु चौँपायाको उचित व्यवस्थापन गर्ने लगायतका योजना पनि ढकालले अघी सारेका छन्।
व्यवस्थित सहरीकरणको विकास गर्ने, एक घर एक रोजगारी अवधारणा अवलम्बन गर्ने, शैक्षिक क्षेत्रमा भएको राजनीतिकरण र निजीकरणको नियन्त्रणका गर्ने, शिक्षाबाट वत्तित भएका सम्पुर्ण बालबालिकालाई सर्वसुलभदरमा गुणस्तरिय शिक्षा दिलाउने ढकालले प्रतिवद्धता व्यक्त गरेका छन् ।