arrow

प्रदीप पौडेलले सम्झाएपछि पछि हटे तिलोत्तमाका वागी उम्मेदवार 

logo
प्रकाशित २०७४ असार ६ मंगलबार
tilottama-nagar.png

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरसमितिका लागि नेपाली काँग्रेसका उम्मेदवारसँग वागी उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सोमबार काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको सक्रियतामा भएको दुबै उम्मेदवारसँगको वार्ता पछि उनी उम्मेदवारी फिर्ता लिनको लागि सहमत भएको नेपाली काँग्रेस तिलोत्तमा नगरपालिका कार्यसमितिले जनाएको छ । 

नगरसमितिका उम्मेदवार रामकृष्ण खाँडसँग वागी उम्मेदवारी दिएका काँग्रेस नेता गणेश पाठकले आफूले उम्मेदवारी फिर्ता लिएको बताए । काँग्रेस केन्द्रीय सदस्य वालकृष्ण खाँडका भाइ समेत रहेका रामकृष्णको जीतमा पाठकको वागी उम्मेदवारीले समस्या पर्ने स्थिती देखेपछि सो विषयमा कुरा मिलाउन नेता पौडेल त्यसतर्फ गएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ