arrow

गृहमन्त्री शर्माको मुखबाट राजपाको भित्रि कुरा खुल्यो

सरकारसँगको सहमतिमै स्वतन्त्र उम्मेदवारी

logo
प्रकाशित २०७४ असार ५ सोमबार
Janardan.jpg.jpeg

रुपन्देही । गृहमन्त्री जनार्दन शर्माले २ नम्बर प्रदेशको निर्वाचन सारिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अरु प्रदेशमा स्वतन्त्ररुपमा मनोनयन दर्ता गर्ने सहमति नै भएको कुरा खोलेका छन् ।

स्थानीय तहको निर्वाचनको विषयमा बुटवलमा भएको सुरक्षा गोष्ठीपछि पत्रकारसँग मन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सहमतिकै आधारमा राजपाले निर्वाचनमा मनोनयन दर्ता गराएको हो, भने । शर्माले सरकारसँगको सहमतिमै यो सबै भएको बताए ।

सोमबार रुपन्देहीसहित ६ जिल्लाका प्रमुखहरुको बैठक गरिएको हो । बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधीरकुमार शाह, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीलगायत सहभागि भए ।

गृहमन्त्री शर्माले आइतबार मनोनयनकाक्रममा कपिलवस्तुमा भएको घटनाको सूक्ष्म रुपमा अनुसन्धान भइरहेको भन्दै यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई चुस्त राखिने सुनाए ।

सुरक्षा बैठकमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाची र पाल्पाका प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्र प्रहरी प्रमुखसमेत सहभागि भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ