arrow

उत्साहपूर्ण मनोनयन

logo
प्रकाशित २०७४ असार ४ आइतबार
nomination_(7).jpg

काठमाडौं । यही असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा उत्साहपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । आईतबार बिहान ८ बजेबाट सुरु भएको उम्मेदवारी मनोनयन दर्ता अपराह्न ४ बजेसम्म चलेको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गरिएको छ । 

दोस्रो चरणमा प्रदेश नं. १, ५ र ७ मा सञ्चालन हुने यस निर्वाचनमा उक्त तीनवटै प्रदेशमा गरी १ वटा महानगरपालिका, ७ उपमहानगर, १११ वटा नगरपालिकाका मेयर, उपमेयर तथा २१५ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता हँुदैछ । यस निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुने छन । यसका लागि ४५८१ मतदानस्थल ८३६४ मतदानकेन्द्र कायम गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ