arrow

निर्वाचनमा सुरक्षाको कमी हुँदैनः गृहमन्त्री

logo
प्रकाशित २०७४ असार ४ आइतबार
janardan-sharma.jpg.jpeg

रुकुम। गृहमन्त्री जनार्दन शर्माले करिब २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताएका छन् । 

आइतबार  बिहान मुसीकोटमा भएको पत्रकार सम्मेलनमा मन्त्री शर्माले निर्वाचन असफल बनाउन केही तत्व लागे पनि उनीहरु असफल भएको बताएका छन् । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैलाई सहभागी गराउनका लागि २ नं प्रदेशमा केही समय निर्वाचनको मिति सारिएको गृहमन्त्री शर्माको भनाइ छ । 

स्थानीय ऐन संशोधनपछि त्यसलाई कार्यान्वयन गर्न लागि केही समय चाहिने र वर्षाको सुरुआत भएका कारण असोज २ गते सरकारले त्यस प्रदेशमा निर्वाचन सफल बनाउने बताए । “ऐन संशोधन भएपछि राष्ट्रिय जनता पार्टीले पनि निर्वाचनमा सहभागी हुन सहज हुने छ” मन्त्रीको भनाइ छ, “आज उम्मेदवारी दर्ता हुने स्थानमा राजपाले उम्मेदवारी दिने मैले विश्वास लिएको छु ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ