arrow

राजपा नेता प्रहरी नियन्त्रणमा

logo
प्रकाशित २०७४ असार ४ आइतबार
Dhangadhi_Upamahanagarpalika.png

धनगढी। उम्मेदवारी मनोनयनमा बाधा अवरोध पुर्याउन बाटामा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले  पक्राउ गरेको छ । 

उनीहरुलाई कैलालीको साबिक हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए । जिल्लाका सबै स्थानीय तहमा भने शान्तिपूर्ण वातावरणमा उम्मेदवारी मनोनयन दर्ताको काम भइरहेको छ । यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज कैलाली जिल्लाका सबै स्थानीय तहमा निकै उत्साहपूर्वक उम्मेदवारी दर्ताको काम भइरहेको छ । 

दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारले छुट्टाछुट्टै रुपमा बाजागाजा, झाँकी, नाचगानसहितका जुलुस गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आआफ्नो उम्मेदवारी मनोनयन गरिरहेका छन् । जिल्लामा एक उपमहानगरपालिका (धनगढी) तथा छ छ नगरपालिका र गाउँपालिका छन् । ती स्थानीय तहमा चार लाख तीन हजार २८० मतदाता छन् ।रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ