काँग्रेस बाँकेका उम्मेदवारले दलबल सहित आइतबार मनोनयन दर्ता गर्दै
प्रकाशित २०७४ असार ४ आइतबार
388
Shares
असार । काँग्रेस बाँकेका उम्मेदवारहरुले दलबल सहित आइतबार मनोनयन दर्ता गर्दैछन । आठ स्थानीय तह र ८१ वटा वडा रहेको बाँकेमा काँग्रेस उम्मेवारले आज मनोनयन दर्ता गर्ने भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकामा काँग्रेसले विहान ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्दैछ । मेयरमा चर्चित डाक्टर सुरेशकुमार कनोडिया र उपमेयरमा युवा नेतृ उमा थापामगर लगाायत २३ वटै वडाका वडाअध्यक्ष सहित सदस्यहरुले उम्मेदवारी दर्ता गराउनेछन् । अहिले वडावडा तहबाट उम्मेदवार सहित नेता तथा कार्यकर्ताहरु पार्टी कार्यालयमा पुग्ने क्रम जारी छ ।
कोहलपुरमा पनि बाजागाजा सहित काँग्रेस उम्मेदवारले मनोनयन दर्ता गर्दैछन । मेयरका उम्मेदवार भानभुक्त भट्टराई र उपमेयरका उम्मेदवार सन्जुकुमारी थारु सहित १५ वटै वडाका अध्यक्ष सहित सदस्यहरु दिउँसो १ बजे नगर विकास समितिमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि पुग्ने छन् ।
खजुरा, राप्तीसोनारी, नरैनापुर, जानकी, डुडुवा र बैजनाथ गाउँपालिकाका उम्मेदवारले पनि उम्मेदवारी दर्ताको तयारी गरेका छन । निर्वाचन अधिकृतका कार्यालयहरुले उम्मेदवारी दर्ताका पार्टीहरुलाई छुट्टाछुट्टै समय निर्धारण गरेकाले त्यसै अनुसार काँग्रेसी उम्मेदवार मनोनयन दर्ताको तयारी गरेका हुन् ।