काठमाडौं । राष्ट्रिय पजनता पार्टी नेपालकी केन्द्रीय कोषाध्यक्ष अनिता यादव सहितका नेताहरु एमालेमा प्रवेश गरेका छन् । आईतबार राजधानीमा आयोजित एक कार्यक्रममा बिभिन्न मधेशवादी दल एक भएर वनेको राजपाकी नेतृ यादव र केन्द्रीय सदस्य राजेश्वर महासेठ नेकपा एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतले टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।
पूर्व राष्ट्रपति डा।रामवरण यादवका छोरा चन्द्रमोहन यादवसँग धनुषा क्षेत्र नं। ५ बाट दोस्रो सविधानसभा चुनाव पराजीत भएकी अनिता यादवले तमलोपाका संस्थापक कृष्णदेव यादवका श्रीमती हुन्। कार्याक्रममा बिभिन्न मधेशवादी दल एक भएर वनेको राजपा नेपाल गठन भएपछि मधेशको अधिकार र पहिचानको मुद्दा विर्सेर अन्य खेलमा लागेको नेतृ यादवले आरोप लगाईन् ।