कृषि र पर्यटनका लागि काँग्रेस नै आवश्यक, देवदहमा स्वास्थ्य र शिक्षा पनि संगसंगै
प्रकाशित २०७४ असार ४ आइतबार
412
Shares
देवदह । देवदह नगरपालिकामा कृषि,पर्यटन,शिक्षा,स्वास्थ्य लगायत पूर्वाधार सहित समग्र विकास गर्न नेपाली कांग्रेसलाई विजयी बनाउन कांग्रेसका जिल्ला र स्थानीय नेताहरुले मतदातासमक्ष आग्रह गरेका छन् ।
नेपाली कांग्रेसले देवदह वडा नम्बर १० को प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले देवदहमा बाटोघाटो पुलपुलेसो लगायत विकासका पुर्वाधारहरुको निर्माण र कृषि तथा पर्यटन क्षेत्रको विकासका लागि काग्रेसलाई विजयी बनाउनु पर्ने बताए ।
कार्यक्रममा मेयरका उम्मेदवार हिराबहादुर खत्रीले सिंहदरवारमा केन्द्रीकृत अधिकारलाई जनताको घरघरमा पुर्याउने आफ्नो प्रतिवद्धता रहेको बताउँदै दलित, गरिव, महिला, पिछडावर्ग तथा उत्पीडितहरुका अधिकार स्थापित गराउन पनि कांग्रेसको जित आवश्यक रहेको बताए ।
यसैबीच देवदहको वडानम्बर १ को अध्यक्षका उम्मेदवार युनुसअलि फकिर, वडा नम्बर २ का अध्यक्षका उम्मेदवार खुनबहादुर गुरुङ्गको नेतृत्वमा वृहद मोटरसाईकल र्याली निकलिएको छ ।
र्यालीले देवदहका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । यस्तै देवदहको वडानम्बर ५ को अध्यक्षका उम्मेदवार टेकबहादुर राना, ९ नम्बर वडाको अध्यक्षका उम्मेदवार मोहन जिसि, १० को अध्यक्षका उम्मेदवार एकबहादुर सुनार, ११ को वडा अध्यक्षका उम्मेदवार अम्मरबहादुर चौधरीको सक्रियतामा उक्त वडाहरुमा घरदैलो कार्यक्रम भएको छ ।
घरदैलो कार्यक्रममा सहभागि हुनु भएका कांग्रेस महासमिति सदस्य पार्वती न्यौपाने, जीवलाल पराजुली, जिल्ला सदस्य बासुदेव रिमाल, नगरसभापति गुनाखर भुर्तेल, क्षेत्रीय सदस्य मिना पौडेल, गंगा भण्डारी, हिमाल मल्ल लगायतले कांग्रेसले जिते मात्र देवदहको विकास सम्भव हुने बताए ।
निर्वाचन नजिकिदै गएको अवस्थामा देवदह नगरपालिकामा नेपाली काँग्रेसले चुनावी प्रचार प्रसारका कार्यक्रमलाई तिब्रता दिएको छ । काँग्रेसले विभिन्न वडामा घरदैलो, मोटरसाईकल र्याली तथा प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ ।