arrow

यस्तो छ नेपाली कांग्रेस धरान उपमहानगरको घोषणापत्र 

logo
प्रकाशित २०७४ असार ४ आइतबार
dharan-sub-metro.jpg


धरान । प्रदेश नं १ को राजधानी धरानलाई बनाउने प्रण, धरानमा एयरपोर्ट निर्माण, बसपार्क निर्माण, कृषिमा आत्मनिर्भर, पर्यटकीय गन्तव्य स्थल लगायतका महत्वाकांक्षी योजनासहित नेपाली कांग्रेस धरान उपमहानगर समितिले घोषणापत्र सार्वजनिक गरेको छ । 

अरु दलले कुनै हल तथा सेमिनार हल, होटलका हालहरुमा सार्वजनिक गरेपनि काँग्रेसले भने शनिवार धरानको मुटु भानुचौकमा सार्वजनिक रुपमा घोषणा पत्र तथा उमेदवारी घोषणा गरेको हो ।

नेपाली काँग्रेस सुनसरीका सचिव एवं निर्वाचन समितिका संयोजक सुजेन्द्र तामाङले सार्वजनिक गरेको घोषणापत्रमा आर्थिक समृतिको संकल्पमा आन्तरिक तथा वाह्य पर्यटन, कृषिको आधुनिकरणसंगै उत्पादनमा जोड, उद्योगधन्दालाई प्रोत्साहन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । 

यस्तै स्थानीय जनतालाई समृद्धितर्फ उन्मुख गर्न प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागितालाई सुनिश्चित गर्ने, कृषिमा उद्यमशीलता र जनशक्ति तयार गर्ने, उत्पादन भएको सामग्रीको बजारीकरण लगायतका कुरालाई काँग्रेसले जोड दिएको छ । 

घोषणापत्रमा काँग्रेसले धरानलाई प्राकृतिक, साँस्कृतिक, धार्मिक, स्वास्थ्य तथा शाहसिक खेललाई प्रवद्र्धन गर्दै साहसिक पर्यटन केन्द्र बनाउने जस्ता योजनाहरु समेत अगाडि बढाउने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ