दोस्रो चरणको उम्मेदवारी दर्ता उत्साहपूर्ण बनाउन आयोगको अपिल
१५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुने
प्रकाशित २०७४ असार ३ शनिबार
394
Shares
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको जनाएको छ ।
शनिबार आयोगको कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको सबै तयारी पुरा भएको बताएका हुन् । प्रदेश नम्बर २ को निर्वाचन सरेपछि असार १४ का लागि तय भएको दोस्रो चरणको निर्वाचनमा ३८ जिल्लाका ३ सय ३४ स्थानीय तहमा जनप्रतिनिधि चयन हुँदै छन् ।
असार १४ को निर्वाचनमा ४५ सय ८१ मतदान स्थल तोकिएको छ भने, ८ हजार ३ सय ९४ मतदान केन्द्र तोकिएको छ । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले मताधिकार प्रयोग गर्ने छन् भने, १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुने छन् ।
आयोगले मतदान सामग्रीको सुरक्षाका लागि सरकारलाई भनिसकको र मतदाता शिक्षामा निकै जोड दिएको बताएको छ । आयोगले आइतबारको उम्मेदवारी मनोनयन दर्तालाई उत्साहपूर्वक लिन अनुरोध समेत गरेको छ ।
बालकालिका प्रयोग नगर्न सुझाव
निर्वाचन आयोगले प्रमुख दलहरुलाई चुनाव प्रचारमा बालबालिका प्रयोग नगर्न सुझाव दिएको छ । राजनीतिक दल र तिनका भ्रातृसंगठनको राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग भभएको र यसले आचारसंहिता उल्लघंन भएको भन्दै आयोगले पत्र नै पठाएर त्यस्तो नगर्न भनेको हो ।
आयोगले काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, लोकतान्त्रिक फोरमलाई पत्र पठाई बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको छ ।