सबै दललाई सहभागी गराउन निर्वाचनको मिति सारिएको हो: गगन थापा
प्रकाशित २०७४ असार २ शुक्रबार
366
Shares
भद्रपुर । नेपाली काँग्रेसका युवा नेता गगन थापाले सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नं २ को निर्वाचन मिति सारिएको बताएका छन् ।
नेपाल प्रेस युनियन, झापाद्वारा सुक्रबार भद्रपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले भने “रणनीतिक तहमा काँग्रेसका लागि अप्रिय भए पनि देश र जनताको हितमा निर्वाचन मिति सारिएको हो ।”
काँग्रेस केन्द्रीय प्रचारप्रसार समितिका सहसंयोजकसमेत रहेका नेता थापाले आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसको हरेक गतिविधिलाई जनताको माझमा पुर्याउन सञ्चारकर्मीलाई आग्रह गर्दै जनतालाई निर्वाचनमा अधिकभन्दा अधिक सहभागी गराउन र निर्वाचनप्रति जनताको उत्साह बढाउन काँग्रेसले स्थापना गरेको मिडिया सेन्टरबाट आमजनता लाभान्वित भएको बताएका छन्।
नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाईंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मिडिया सेन्टरका प्रमुख सुरेशकुमार आचार्यले पनि स्थानीय निकाय, निर्वाचन र काँग्रेसको भूमिकाका विविध पक्षमाथि प्रकाश पारेका छन्