arrow

नेपालगञ्जमा काँग्रेसको मिडिया सेन्टर स्थापना 

logo
प्रकाशित २०७४ असार २ शुक्रबार
nepaljung_congress.jpg

बाँके । नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेपालगञ्जमा क्षेत्रीय मिडिया सेन्टरको स्थापना गरेको छ । नेपाली काँग्रेसका स्थानीय तह निर्वाचन २०७४ प्रचारप्रसार उपसमिति संयोजक रमेश लेखकले बिहिबार एक समारोहबीच सो सेन्टरको उद्घाटन गरेका हुन्। 

नेपालगञ्ज उपमहानगरपालिका पूर्वलाइनमा स्थापित डेस्कले भेरी र राप्ती अञ्चलमा नेपाली काँग्रेसका स्थानीय तह निर्वाचनका गतिविधिहरुको प्रचारप्रसारमा सहयोग गर्नेछ ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीका अनुसार काँग्रेसका उम्मेदवारको प्रचार प्रसारलाई प्रभावकारी बनाउन काँग्रेसले बाँके सहित देशभर ६ स्थानमा क्षेत्रीय मिडिया सेन्टर स्थापना गर्ने भएको छ । 
काँग्रेसले नेपालगञ्ज स्थापना गरेको मिडिया सेन्टरको संयोजकमा पत्रकार श्रीराम सिग्देल रहेका छन् भने शुक्रऋषि चौलागाई सह संयोजक रहेका छन् ।

डेस्कमा प्रेस यूनियन बाँके अध्यक्ष जयनारायण शाह, प्रेस यूनियन बर्दिया अध्यक्ष बिनयराज भण्डारी, प्रेस यूनियन दाङ्ग अध्यक्ष सुशील बस्नेत, प्रेस यूनियन प्यूठान अध्यक्ष श्रीराम भण्डारी, प्रेस यूनियन रुकुम अध्यक्ष कृष्ण प्रसाद गौतम, प्रेस युनियन रोल्पाका अध्यक्ष कविता उपाध्याय सदस्य  रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ