arrow

मोरङका १४४ मतदानस्थलमा  सुरक्षा संवेदनशीलता

logo
प्रकाशित २०७४ असार २ शुक्रबार
Morang_District.png

 मोरङ ।  असार १४ गते हुने  दोस्रो चरण निर्वाचनमा मोरङका  १४४ मतदान स्थलल संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । 

मोरङका जम्मा ३०० मतदान स्थल मध्ये ८१ मतदानस्थल सामान्य संवेदनशील छन् भने ६५ मतदानस्थल अतिसंवेदनशील छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलका अनुसार चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको हो । 

पौडेलका अनुसार सुरक्षा संवेदनशीलताको हिसाबमा जिल्लाको उत्तरी क्षेत्र र दक्षिणी इलाका बढी संवेदनशील मतदान केन्द्र छन् । मोरङमा ५ लाख १४ हजार ६१८ मतदाता छन् भने कुल ६५९ मतदान केन्द्र एवम् ३०० मतदानस्थल कायम गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ