कोहलपुर नगरपालिकाका मेयरका उम्मेदवार भट्टराई किन रोए ?
प्रकाशित २०७४ असार २ शुक्रबार
246
Shares
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार भानुभक्त भट्टराईले कोहलपुर १ कौशिलानगरका जनतालाई रुँदै लालपुर्जा दिने बताएका छन् ।
स्थानिय तहको निर्वाचन प्रचार प्रसारका क्रममा कौशिलानगरमा पुगेका भट्टराईलाई त्यहाँका जनताले बस्ती बसालेर लालपुर्जा नदिएकोमा दुःख व्यक्त गरेका थिए ।
भानुभक्त भट्टराईले २०३७ सालमा कौशिलानगरमा बस्ति बसालेका थिए । उनले आफ्नी आमाको नामबाट कौशिलानगर नामाकरणसमेत गरेका थिए ।
२० वर्षपछि हुन गरहेको स्थानिय तहको निर्वाचनमा त्यहाँका जनताले भानुभक्त भट्टराई यो गाउँको जन्मदाता भएकाले अब लालपुर्जा कहिले दिनुहुन्छ भनेर प्रश्न गरेका थिए ।
‘कौशिलानगर मेरी आमा हो, अब म मेरी आमालाई धेरै दिनसम्म रुवाउँदिन’ उनले भने ‘अब मेयर भएको छ महिनाभित्र कौशिलानगरको लालपूर्जा वितरण गर्छु, यो मेरो कतव्य हो ।’
घरदैलो अभियानपछि कोण सभामा बोल्दै भट्टराईले कोहलपुरलाई सुन्दर, शान्त र समृद्ध बनाउने लक्ष्य लिएकाले कौशिलानगरबासीले त्यो लक्ष्य पूरा गराउने विश्वास व्यक्त गरे ।