अन्ततः निर्वाचन आयोगले सरकारको निर्णय मान्यो, मनोनयन दर्ता ४ गते
प्रकाशित २०७४ असार १ बिहिबार
365
Shares
काठमाडौं । निर्वाचन आयोगले सरकारको आग्रहमा असार १४ को निर्वाचनको कार्यतालिका हेरफेर गरेको छ ।सरकारले विहिबार मात्रै तीन वटा प्रदेशको चुनावको मनोनयन दर्ता असार ४ गते सार्ने निर्णय गरेको हो ।
आयोगले सरकारकै आग्रहमा १, ५ र ७ नम्बर प्रदेशको उम्मेदवारी दर्ता असार ४ गते आइतबार गर्ने निर्णय गरेको छ ।
पूर्वनिर्धारित तालिका अनुसार शुक्रबार मनोनयन दर्ता गर्ने कार्यतालिका थियो । सरकारले दोस्रो चरणको स्थानीय चुनाव असार १४ गते लाई तोकेकामा प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णय गरेको छ । असार १४ गते १, ५ र ७ नम्बर प्रदेशको चुनाव गराउने तयारी छ ।
निर्वाचन आयोगले चुनाव सार्न नहुने सुझाव दिएकामा सरकारले राष्ट्रय जनता पार्टीलाई चुनावमा ल्याउन भन्दै दुई नम्बर प्रदेशको चुनाव सारेको हो ।