arrow

यस्ता छन् मोरङमा कांग्रेसका उम्मेदवार

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ असार १ बिहिबार
Morang_District.png

विराटनगर । दोश्रो चरणको निर्वाचनकालागी  नेपाली काँग्रेसले मोरङ जिल्लाको १७ स्थानीय तहको उम्मेदवारको टुङो लगाएको छ । कांग्रेसले विराटनगर महानगरपालिका सहित आठ नगरपालिका र आठ गाउपालिकाको उम्मेदवारको टुङो लगाएको हो । नेपाली काग्रेसका संसद एव जिल्ला सभापती डिकवहादुर लिम्वुले मोरङ जिल्लाका महानगर, नगार तथा गाउपालिकाको मेयर उपमोयर अध्यक्ष उपाध्यक्षका उम्मेदवारहरुको टुंगो लागेको वताए ।

 उनका अनुसार विराटनगगर महानगरपालिकाको मेयरमा भीम पराजुली र उपमेयरमा इन्दु कार्कीलाई उम्मेदवारी दिने निर्णय भएको छ ।  त्यसैगरी शुन्दरहरैचा नगरपालिकाको मेयरको उम्मेदवारमा शिवप्रसाद ढकाल र उपमेयरमा विन्दा दाहाल थापालाई अघि सारेको छ । रंगेली नगरपालिकाको मेयरको उम्मेदवारमा मोदराज घिमिरे र उपमेयरमा राधिकादेवी मण्डललाई टुङो लगाएको छ ।

त्यसैगरी पथरी शन्श्चिरे नगरपालिकाको मेयरको उम्मेदवारमा गणेश खड्का र उपमेयरको उम्मेदवारमा प्रेमला राईलाई उठाउने निर्णय गरेको छ ।काग्रेसले  रतुवामाई नगरपालिकाको मेयरको उम्मेलवारमा रविन राई र उपमेयरको उम्मेदवारमा फुलवती गोडीलाई दिने निर्णय गरेको छ । यता लेटाङ नगरपालिकामा शंकर राई र सुभद्रा भट्टराईलाई क्रमश मेयर र उपमेयरको उम्मेदवार वनाउने निर्णय गरेको छ । त्यस्तै उर्लावारी नगरपालिकाको मेयरको उम्मेदवारमा खड्ग फागो र उपमेयरमा सिता कार्कीलाई वनाउने निर्णय गरेको छ । अन्य नगरपालिका अन्गर्तत बेलवारी नगरपालिकामा राजकुमार लिम्बु र रुकमणी धिमाललाई मेयर र उपमेयरको उम्मेदवार वनाएको छ ।गाउपालिकाको हकमा मिक्लाजुङमा प्रमुख र उपप्रमुखको उम्मेदवारमा मानवहादुर राई र आरती वराललाई वनाउने निर्णय गरेको छ ।

सुनवर्सी गाउपालिकाको प्रमुखको उम्मेदवारम कालीप्रसाद दास र उपप्रमुखमा मन्जु राईलाई वनाउने निर्णय गरेको छ । त्यसैगरी धनपालथान गाउपालिकाको प्रमुखमा हरीलाल सिंह र नसीमा वानुलाई उपप्रमुखको उम्मेदवार वनाएको छ ।यता ग्रामथान गाउपालिकाको प्रमुखमा कृष्णकुमार सरदार थारु र जयमाला सरदार थारुलाई उपप्रमुख वनाउने निर्णय गरेको छ ।कटहरी गाउपालिकामा भने क्रमश रामकुमार कामत र मन्जीला सरदारलाई प्रमुख र उपप्रमुखको उम्मेदवार वनाउने निर्णय गरेको छ ।यता वुढीगंगा गाउपालिकाको प्रमुखमा जितनारायण थापामगर र उपप्रमुखमा ज्ञानेवतीदेवी चौधरीलाई उम्मेदवार वनाउने निर्णय गरेको छ ।त्यसैगरी जहदा गाउपालिकाको प्रमुखमा जितेन्द्र साह र उपप्रमुखमा अमिता हस्ता सरदारलाई उम्मेदवार वनाउने निर्णय गरेको छ ।

 केरावारी गाउपालिकामा भने रोहीत कार्की र कल्पना कटवाल राईलाई क्रमश प्रमुख र उपप्रमुखलाई उम्मेदवार वनाउने निर्णय गरेको  जनाएको छ ।यता कानेपोखरी गाउपालिकामा केदार वहादुर थापा र टंकेश्वरी याख्खालाई क्रमश प्रमुख र उपप्रमुखको उम्मेदवार वनाउने निर्णय गरेको वताइएको छ । यसैगरी विराटनगर महानगरपालिकाको वर्डा अध्यक्ष तथा वर्डा सदस्यहरुको नाम आज टुंगो लगाइने जिल्ला सभापती लिम्वुले वताउनुभयो । यसरी दलहरुले धमाधम उमेदारको नाम टुंगो लगाउन थालेपछी मोरङमा चुनावी माहौल थप तातिदै गएको छ ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ