प्रमुख निर्वाचन आयुक्तले भने– प्रदेश २ को चुनाव सार्ने सहमतिमा ‘नो कमेन्ट’
प्रकाशित २०७४ असार १ बिहिबार
518
Shares
काठमाडौं । सत्तारुढ दलले २ नम्बर प्रदेशको चुनाव सार्ने भनि गरेको निर्णयप्रति निर्वाचन आयोग मौन देखिएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले यसबारे कुनै टिप्पणी नरहेको बताएका छ ।
पत्रकारसँग यादवले भने, ‘नो कमेन्ट ।’ सिंहदरबारमा पत्रकारमाझ यादवले निर्वाचन सार्ने कुरामा आयोगले सरकारलाई कुनै सहमति नदिएको र यसको पक्षमा पनि आफूहरु नरहेको बताए । प्रमुख आयुक्त यादवले यसलाई सहजै स्वीकार्ने भन्ने कुरा हुँदैन, भने ।
प्रमुख आयुक्त यादवले थपे, ‘निर्वाचन सार्ने विषयमा हामीसँग सहमति भएकै छैन । हामी सार्ने पक्षमा छैनौँं । असोज २ गते गर्ने विषयमा नो कमेन्ट ।’
विहान आयोगका पदाधिकारीसँग सरकारले चुनाव सार्ने प्रस्ताव राखेकामा अस्वीकार गरेको थियो । आयोगका पदाधिकारीले चुनाव सार्न नहुने सुझाव दिएपछि दिउँसो बसेको सत्ताधारी दल र राजपाबीचको बैठकले २ नम्बर प्रदेशमा असोज २ गते मात्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको हो । सत्ताधारीले राजपासँग गरेको सहमतिको सर्वत्र विरोध भएको छ ।