arrow

'दुई नम्बरमा चुनाव सार्ने निर्णय घातक, खुलमखुल्ला मधेस टुक्र्याउने खेल '

एमालेले काँग्रेस–माओवादीलाई नंग्याउने

logo
प्रकाशित २०७४ असार १ बिहिबार
Pradeep.jpg.jpeg.jpeg

काठमाडौं । प्रमुख विपक्षी एमालेले सत्ताधारी काँग्रेस, माओवादी र आन्दोलनमा उत्रिएको राजपाबीच २ नम्बर प्रदेशमा चुनाव सार्न भएको सहमति घातक भएको बताएको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले सत्ताधारी र राजपाबीच भएको सहमति गलत र हानिकारक भएको बताए । उनले भने, ‘यसले दुरगामी नकारात्मक असर पार्ने पक्का छ । निर्वाचन आयोगको सुझाव विपरीत निर्णय गर्नु असंवैधानिक हो । यस्तै, आफुखुसी गरेको यो निर्णयले ठूलो घाटा गर्ने छ ।’

सचिव ज्ञवालीले सत्ताधारीले यो सम्झौता गरेर २ नम्बर प्रदेशका जनतामाथि मात्रै घात गरेनन् एउटै मुलुकभित्र दुई युनिटी छन् भन्ने देखाउन खोजेको ठहरिन्छ, -भने ।

यो खुलमखुल्ला मधेस टुक्र्याउने खेल हो, उनले अगाडि थपे, ‘नेपालमा दुई युनिटी छन् भनेर राज्यले नै घोषणा गरेको जस्तो भयो ।’ बहुराष्ट्रियता खोज्नेहरु र विभाजन खोज्नेहरुलाई यो निर्णयले बल पुग्ने ज्ञवालीको भनाई छ ।

दुई नम्बर प्रदेशलाई वेग्लै भूभागको रुपमा देखाउन खोजियो, उनले भने, ‘यसले घरमा बसी बसी स्वतन्त्र मधेसको अभियान चलाउने सीके राउतहरुलाई बल पुग्ने छ । यसमा कँही न कँही सत्ताधारीहरुको पनि मिलिभगत छ भन्ने बुझिन्छ ।’ यो विभाजन खोज्नेहरुलाई बढावा दिने निर्णय ठहरिने छ ।
 

एमाले के गर्छ त अब ?
सचिव ज्ञवालीले यो निर्णयको एमालेले विरोध मात्र नभई भण्डाफोर गर्ने बताएका छन् । उनले भने, ‘हामी दुई नम्बर प्रदेशमा गएर विरोध र भण्डाफोर अभियान नै चलाउँछौँ । त्यहाँका जनतालाई हामी काँग्रेस र माओवादीले नै हो चुनाव गर्न नचाहेको भन्छाँै ।’ राजपा एउटा देखाउने दाँत मात्रै हो । सत्ताधारी दुई ठूला दलले योजनावद्ध चुनाव सार्न लगाएका हुन् भनेर भन्छौँ, सचिव ज्ञवालीले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ