arrow

लालकिल्ला तोड्ने इटहरी कांग्रेसको दावी

logo
प्रकाशित २०७४ असार १ बिहिबार
lalkilla-itahari.png

इटहरी । स्थानीय निर्वाचनमा इटहरी मेयर उपमेयरमा नेपाली कांग्रेसले जित्ने दावी नेपाली कांग्रेस इटहरीले गरेको छ । नेकपा एमाललेले इटहरीलाई लालकिल्ला भन्दै आए पनि २८ वर्ष स्थानीय स्तरमा समस्या हल हुनको सट्टा बढ्दै  गएको र एमालेबाट कमजोर उम्मेरदवार द्धारिकलाल चौधरी मेयरमा उठ्ने भएसँगै कांग्रेसले जित्ने दावी गरेको हो । 

  १९ वर्ष पछि हुन लागेको स्थानीय निर्वाचनमा अहिले सम्म एमालेको नेतृत्व रहदै आए पनि इटहरीवासीले केहि पाउँन नसकेको भन्दै कांग्रेसलाई जिताउँन आग्रह गरेको छ । नेपाली कांग्रेसका युवा नेता राजिव ढुगांनाले एमालेको नेतृत्वमा रहेको स्थानीय निकायले जनतालाई केहि दिन नसकेको जनगुनासो वढ्दै गएको कारण कांग्रेसले इटहरी मेयर जित्ने दावी उनको छ । 

कांग्रेस मेयरका उम्मेरदवार रोहित प्रसाई आफैमा इटहरीका चर्चित र विकासप्रेमि भएको कारण अधिकांसले रोहितले जित्ने दावी गर्ने थालेका छन । पछिल्लो समयमा एमालेले किल्ला भन्दै आएको इटहरीलाई भत्काउँने दाउँमा छौ मेयरका उम्मेरदवार रोहितले भने । १९ वर्ष पछि जन्मेकाहरुले अहिले भोट हाल्ने तयारीमा रहेको कारण कांग्रेसले चुनाव जित्ने रोहितको दावी छ । 

 उद्योग वाणिज्य संघ इटहरीमा दुई कार्यकाल अत्याधिक मत लिई विजयी भएका प्रसाई इटहरीका पुराना वासिन्दा हुन । प्रसाई निडर र विकासप्रेमी भएको कारण पनि एमालेका उम्मेरदवार द्धारीकलाल चौधरीलाई जित्न सक्छन नेपाली कांग्रेस क्षेत्रीय सभापति मणी श्रेष्ठले भने । हामी हाम्रो उम्मेरदवार कुनै हालतमा जिताउँछौ ,वडाहरु पनि अधिकांस जित्नको लागी भोट मागीरहेको उनको भनाई छ । 

नेपाली कांग्रेसका नगरसभापति हेमकर्ण पौडेलले पनि इटहरीमा यो वर्ष कांग्रेसले वाजी मार्ने दावी गरे । विकासको हिसावमा कांग्रेसले इटहरीमा अहम भुमिका खेलेको भन्दै इटहरीमा यो पकट अधिकांस युवाहरुले कांग्रेसमा भोट दिने दावी गरेका छन । कांग्रेसमा कुनै फुट छैन तर यो पटक एमालेमा अन्तरघात  हुदै छ उनले भने । 

पछिल्लो समयमा इटहरीमा एमालेबाट चौधरीले मेयरको टिकट पाए सँगै मेयरका आकांक्षीहरु सर्वध्वज साँवा र रामप्रसाद चौलागाई बीच आसपी सम्वन्ध विग्रेको कारण पनि एमाले भित्र तिब्र असन्तुष्टि हुन थालेको भन्दै एमाले कार्यकर्ताहरु मंगलवार कांग्रेसमा प्रवेश गरेका छन । एक विद्यार्थी नेताले भने एमालेका गुटको कारण कांग्रेसलाई भोट हाल्ने तयारीमा छु थाहा पाए भने कार्वाही हुन्छ ,भोट कांग्रेसलाई हालिन्छ उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ