arrow

सबै पदमा महिला उम्मेदवार

logo
प्रकाशित २०७४ असार १ बिहिबार
Tikapur_Nagarpalika.png

कैलाली । दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नयाँ शक्ति पार्टी नेपाल कैलालीले टीकापुर नगरपालिका–७ मा सवै पदमा महिला उम्मेदवार उठाउने निर्णय गरेको छ । 

सात नं. वडालाई महिलामैत्री र नमुना वडा बनाउने उद्देश्यले सबै पदमा महिला उम्मेदवार मात्र उठाउने निर्णय गरेको सात नं. प्रदेशकी संयोजक लीला भण्डारीले जानकारी दिइन् । 

संयोजक भण्डारीले महिला नेत्री प्रमुख बन्न सक्षम भए पनि पहिलो चरणको निर्वाचनमा महिला उपप्रमुखमै सीमित बनाइएकाले पुरुषवादी सोच र चिन्तन तोड्नका लागि उक्त वडामा महिलाहरुको मात्र उम्मेदवार घोषणा गरेको बताइन् । 

उक्त वडामा अध्यक्षमा कमला शाहको उम्मेदवारी घोषणा भएको छ भने सदस्यहरुमा कविता विक., बुना चौधरी, सविता चौधरी र सुस्मिता चौधरीलाई उठाउने निर्णय गरेको नयाँ शक्ति पार्टी नेपाल कैलालीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ