arrow

सुर्खेतका जनप्रतिनिधिको यस्तो छ सामूहिक प्रतिबद्धता

logo
प्रकाशित २०७४ असार १ बिहिबार
Surkhet-hamrakura-news.jpeg

सुर्खेत । सुर्खेतका नवनिर्वाचित जनप्रतिनिधिले जिल्लाको विकासका लागि एकताबद्ध भएर काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । 

जिल्ला समन्वय समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नगरप्रमुखका तर्फबाट पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले विकास गर्नका लागि आफूहरुमा अझै धेरै चुनौती थपिएको बताए । 

उनले प्रत्येक वडामा वडा सचिव पठाउन पनि कार्यालय प्रमुख तथा सरकारलाई आग्रह गरे ।

यस्तै, उपप्रमुखका तर्फबाट वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले सुर्खेत जिल्लाको विकासका लागि निश्चित कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए । 

उनले यस क्षेत्रमा खानेपानी, स्वास्थ्य, वन अतिक्रमण लगायतका समस्या र सम्भावना रहेकाले योजना बनाएर जानुपर्नेमा जोड दिए । 

ढकालले सुर्खेतका सुकुम्वासी र बाढी प्रभावितका समस्यामा पनि आफूहरुले ध्यान दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुरागाईंले नवनिर्वाचितलाई सफलताको शुभकामना दिँदै सबैसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । 

प्रमुख जिल्ला अधिकारी महादेव पन्थले विपद् व्यवस्थापनको जोखिम बढी भएकाले विपद् व्यवस्थापन समिति तयार गर्न नवनिर्वाचितलाई सुझाव दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ